सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बनगाडकुपिण्डे नगरपालिका कमिटीको बैठक शुक्रबार बनगाडकुपिण्डे नगरपालिका -१ सल्लीबजारमा सम्पन्न भएको छ।
वैठकले पार्टीको चैेत्र २० र २१ गते हुने जिल्ला अधिवेशनको तयारी र प्रतिनिधि छनौट सम्वन्धी विविध निर्णय गरेको छ। वैठकले चैत्र ९ गते सवै वडाहरूमा एकैदिन प्रतिनिधि छनौट गर्ने भएको जिल्ला कमिटि रमेश कुमार गौतमले बताए ।
त्यसको तयारीका लागि १२ वटै वडा कमिटीको तयारी बैठक बस्ने गरि योजना बनाएको छ। पालिका कमिटीका उपसचिव इश्वरी गौतमको अध्यक्षता एवं पार्टी प्रदेश कमिटी सदस्य गणेश बिसी जिल्ला कमिटी सचिव रमेशकुमार गौतमको आतिथ्यतामा भएको वैठकमा जिल्ला कमिटी सदस्य प्रेम डागी, टोप बहादुर बिष्ट, शान्तकुमार एरी, रिमबहादुर वुढाथोकी, डम्बर साहु,तुङ्ग बहादुर बुढालगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
लोक बहादुर वुढाले स्वागत मन्तव्य रहेको
वैठकको सञ्चालन पालिका कमिटी सदस्य धनबहादुर विसिले गरेका थिए ।