नबिन पि.एम.
सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका -३ स्थित औलबेशी प्राबी स्तरीय विभिन्न प्रतियोगिता आज औलबेशिमा सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा बनगाड कुपिण्डे नगरपालिकाको सहयोग र समन्वय र वडा शिक्षा समिती बनगाड कुपिण्डे वडा न.-३को आयोजनामा प्राथमिक बिधालय स्तरीय विभिन्न खेलकुद प्रतियोगिता हाजिरी जवाफ, कुर्सी दौड, हिसाब दौड र चम्चा दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कार्यक्रमका सभा अध्यक्ष तथा ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुन मगरले बिद्यार्थीको शिक्षाको बिकास संगै अतिरिक्त क्रियाकलाप सहितका बिकासको निम्ति यस्ता खाले कार्यक्रम बेला बखत हुन जरुरी रहेको बताए ।
प्रतियोगितामा ३ नम्बर वडा भित्रका ५ बिधालयको सहभागीता रहेको थियो । जस मध्य हाजिरी जवाफ प्रतियोगितामा बाल ज्योती प्राबी पाट्के प्रथम ,नेरा प्राबी पोखरा दृतिय, शारदा प्राबी क्युरेनी तृतीय र सरस्वती प्राबी सान्त्वना भएका छ्न । तेस्तै कुर्सी दौडमा सरस्वती प्राबी फुर्केसल्लीका छात्र प्रथम, मुक्ती माबीकि छात्रा दृतिय र फुर्के सल्लीकै छात्र तेस्रो भएका छ्न । हिसाब दौडका क्युरेनीका छात्रा प्रथम फुर्केसल्लीका छात्र दृतिय भए भने चम्चा दौडमा क्युरेनीका प्रथम र पोखराका दृतिय र तृतीय भएका छ्न ।
खेलकुद प्रतियोगितामा ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुन मगर, पुर्व वडा अध्यक्ष टेक बहादुर पुन मगर ,शिक्षक अकबर बहादुर पुन , मुक्तीमाबिका प्रअ नोखराज बिएम सहित ५ वटै बिधालयका प्रअ सहित शिक्षक, शिक्षिकाहरु ५ वटै बिधालयका बिब्यस अध्यक्षहरु,बुद्धिजीवी,समाजसेबी,पत्रकार लगायत विभिन्न बिधालयका बिद्यार्थी सहित स्थानीयहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजीकरण ३ नम्बर वडा सचीव ज्ञानेन्द्र शर्माले गरेका थिए । साथै बनगाड कुपिण्डे नगरपालिकाका २,६ लगायतका अन्य वडाहरुमा समेत यस्ता कार्यक्रम सम्पन्न भएको बताइएको छ ।