कुरा २०६७ तिर को हो । जब म श्री खड्क देवी प्रा.बि. बाट प्राथमिक शिक्षा हासिल गरी निम्न माध्यामिक शिक्षा हासिल गर्नको निमित्त जिल्ला कै पुरानो विद्यालय श्री त्रिभुवन जन उ.मा.वि. लुहापिङ्गमा प्रवेस गरे। उक्त समयमा म कक्षा ६ मा अध्ययनरत थिए । सानै उमेर देखि साहित्य लेखनमा रुचि राख्ने मैले !! धेर थोर कबिता गजलहरु कोर्ने गर्थे । जब म कक्षा ६ मा अध्यनरत थिए । उक्त समयमा नेपाल एफ .एम .नेट्वर्क बाट बाल कार्यक्रम ” कोपिला”देशका धेरै रेडियो मार्फत एकै साथ प्रसारण हुने गर्थ्यो । उक्त कार्यक्रम सल्यानमा कृयाशील रेडियो एफ.एम हरु बाट नि एकै साथ प्रसारण हुने गर्दथ्यो । उ बेला हाम्रो लागि स्मार्ट फोन भने नि टेलिभिजन भने नि ! एफ. एम रेडियोहरु नै थिए । सल्यानका एफ.एम रेडियोहरु मार्फत एकै साथ प्रसारण हुने नेपाल एफ.एम. नेट्वर्कको उत्पादन बाल कार्यक्रम कोपिलाको म नियमित श्रोता नै थिए । एक दिनको कुरा हो । बाल कार्यक्रम “कोपिला” मा अन्तरबार्ताको लागि ११ बर्ष कै उमेरमा बाल कविता संग्रह प्रकाशन गरेका १ बालक उपस्थित थिए । मैले ती बालकको अन्तरबार्ता सुरु देखि अन्त सम्म श्रवन गरे । उक्त समयमा म नि ११ बर्ष कै थिए । काठमाडौमा हुर्किएका ११ बर्ष कै कलिलो उमेरमा पुस्तक प्रकाशन गरेका बालकको अन्तरबार्ताले मलाइ छुट्टै किसिमको उर्जा प्रदान गर्यो । उक्त समयमा मलाइ लाग्यो कि ! काठमाडौमा हुर्किएको ११ बर्षिया बालकले पुस्तक प्रकाशन गर्न सक्छ । भने मैले नि कबिता संग्रह प्रकाशन गर्न सक्छु ।
त्यस पश्चात् मैले सल्यान जिल्लाको नाम दिएर “सल्यानी बाल कविता संग्रह ” प्रकाशन गर्ने अठोट गरे । पुस्तक प्रकाशन गर्ने अठोट गरि सके पश्चात् मैले प्रत्येक दिन नया र फरक शिर्षकका कबिता हरु कोर्दै गए । कबिताहरु कोर्दै जादा जम्मा ४१ वटा कबिताहरुको सिर्जना गर्न सफल भए । पुस्तक प्रकाशनको लागि आवस्यक कबिताहरु तयार भइ सके पछि बल्ल मैले आफ्नो योजना परिवार माझ पेस गरे । विभिन्न अतिरिक्त कृयाकलापहरुमा चासो राख्ने म ! पढाइमा नि सधै जसो प्रथम स्थान हासिल गर्ने भएकाले मलाइ आफ्नो योजना पुजनिय माता पिता ज्यू बाट पारित गराउन खासै सकस परेन । मैले आफ्नो योजना सुनाइ सके पश्चात् मेरो पुस्तक प्रकाशनका लागि आवस्यक आर्थिक श्रोत सहयोग गर्न पुजनिय माता पिता ज्युहरु सहमत हुनु भयो ।
#बाकी अर्को पृष्टमा क्रमश !
१२ बर्षको उमेरमा पुस्तक प्रकाशन गर्दाको अनुभव : युवा नेता अनिल भण्डारी !
१२ बर्षको उमेरमा पुस्तक प्रकाशन गर्दाको अनुभव : युवा नेता अनिल भण्डारी !

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु