नबिन पि.एम.
सल्यान – सल्यानमा फोर्स गाडीको ढोकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । छिन्चु -जाजरकोट सडकको सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बालुवा सङ्ग्रहि नजिकै बाङ्गिरामा नेपालगन्जबाट सुर्खेतको गोजीबजार जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकाबाट खस्दा बिहीबार बेलुकी सवा ६ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका वडा न.-५ बस्ने २७ वर्षीय गणेश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारि दिए।
प्रहरीका अनुसार बुढाको गाडीको ढोकाबाट खस्दा टाउको,निधार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका बुढालाई तत्काल उद्धार गरेर मेहलकुना अस्पताल लगिएको र अस्पतालमा पुग्दै गर्दा मृत्यु भएको थियो ।
गाडी चालक सिम्ता गाउपालिका वडा न.-५ का ४३ वर्षीय जिवराज गिरी र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरि कार्यलय देवस्थल सलिबजारमा राखिएको प्रहरि निरक्षक खत्रीले जनाए । शव अस्पतालमा पोस्टमार्टमका लागि अस्पतालमै लागि राखिएको र दुर्गममा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।