सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको, चौथो मेयर कप खेलकुद प्रतियोगिता, २०८१/८२ उद्घाटन भएको छ ।
सनिवार ,प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री प्रकाश ज्वालाको प्रमुख अतिथ्यतामा कर्णाली प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री भिम प्रकाश शर्माको विशिष्ट अतिथ्यतामा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी १२ वटै वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यतामा उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य नगर खेलकुद समिती सदस्य कमल बिष्टले सफलताको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो ।
नगर खेलकुद बिकास समिती अध्यक्ष रिम बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर खेलकुद बिकास समिति सदस्य शुसान्त केसिले गर्नु भएको थियो । उद्घाटन सत्रमा विभिन्न पहिचान दिने संस्कृतिक झाँकिहरु प्रदर्सन गरिएको थियो भने १२ वडाका पुरुष भलिबल टिम र ८ वडाका महिला भलिबल टिमको उपस्थिति रहेको छ ।
आज उद्घाटन खेल वडा न.३ र ४ बिच खेल भएको थियो उक्त खेलमा दुबै टिमले १/१ सेट जिते संगै अन्तिम सेटमा ३ नम्बर वडाकोको १८ अंक र ४ नम्बर वडाको १४ अंक हुँदै गर्दा दुबै टिमको सहमतिमा रेफ्रीले गेम अबेर सम्म खेलाउदै थिए तर खेल हार्ने निश्चित भएपछि ४ नम्बर वडाको टिम खेल मैदानबाटै रेफ्रीको अनुमानि बिनै बाहिरिएको थियो । आयोजकका केहि सदस्य समेतले पक्ष गरेको ३ नम्बर वडाका खेलाडी र समर्थकको आरोप छ । बाकी खेलहरु भोलि हुने छ्न । मेयर कप आज देखि ८ गते सम्म चल्ने छ ।