नबिन पि.एम.
सल्यान – नेकपा (माओवादी केन्द्र) काे सहायक युवा संगठन वाइसीएल नेपालकाे बनगाड कुपिण्डे नगरपालिका सल्यानको नगर कार्यसमिति अध्यक्षमा शरद बिक प्रीयाशन चयन भएका छन।
वाइसिएल सल्यानले बैशाख १५ गते जिल्ला स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल सल्यान जिल्लामा सक्रिय रूपमा संगठन सुदृढीकरणमा जुटिरहेको छ। यसै क्रममा सनिवार बनगाड कुपिण्डे नगर समितिको तेस्रो नगर सम्मेलन सम्पन्न भएको हो । शरद बिक प्रियाशनको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
नयाँ समितिमा उपाध्यक्षमा बिनोद पुरी, सचिवमा डम्बर कवर,सह- सचिवमा भबिन्द्र के सी,कोषाध्यक्ष पुर्णबहादुर खत्री,सदस्यहरु मानसिह केसी,प्रबिण बिसी, हिरालाल बुढा लगायत चयन भएका छन्।
सम्मेलन कार्यक्रममा पार्टी जिल्ला सचीव क्रीती बहादुर राना दिप, बनगाड कुपिण्डे नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा पार्टी प्रदेश सदस्य धन बहादुर पुन मगर मित्र, पार्टी प्रदेश सदस्य दिपक कुमार यरि, पार्टी नगर अध्यक्ष दुर्गा बहादुर बुढाथोकी,उपाध्यक्ष कुलबहादुर पुरि, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मनोज बुढा क्षेत्री,प्रदेश उपाध्यक्ष अजय बिष्ट,वाइसीएल जिल्ला दसस्यहरु खड्क प्रशाद खड्का ,टेकराज पुन लगायतको आतिथ्यता रहेको थियो।