• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

  •  राप्ती टुडे
  • २०८२ बैशाख १६, मंगलवार ०७:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सल्यान-नेकपा (माओवादी केन्द्र ) को सायक युवा संगठन योङ्ग ( कम्युनिस्ट लिग ) वाइसीएल नेपाल सल्यानको जिल्ला अध्यक्षमा खड्ग प्रशाद खड्का चयन हुनु भएको छ ।

    सल्यानको श्रीनगरमा सोमबार सम्पन भएको संगठनको चौथो जिल्ला अधिवेशन बाट खड्काको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको हो ।
    जस्को उपाध्यक्षमा राकेश जैशी, दिपक बुढाथोकी, प्रकाश कवर र तुलाराम पुन निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा
    भुपेन्द्र खड्का, सहसचिवमा भोला विक, दिलमाया भण्डारी, नवीन वली र प्रकाश बुढाथोकी निर्वाचित हुनु भएको निर्वाचन कमिटीका संयोजक थल राज भण्डारीले जानकारी दिनु भयो ।

     कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री टेक बहादुर बस्नेतले वाइसीएल माओवादी केन्द्रको बलियो पिलर भएको बताउनु भएको छ ।उहाँले वाइसीएलको इतिहासलाई स्मरण गर्दै २०३८ सालमा पुष्पकमल दाहाल ( प्रचण्ड )को नेतृत्वमा युवक संगठन २०५१ सालमा वाइसीएल,१० बर्षिय जनयुद्धको चरणमा जनमुक्ति सेना हुँदै २०६३ साल पुन वाइसीएल नामाकरण गरिएको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्नेतले वाइसीएल लाई जनताको सेवामा सर्मित रहनको लागि सधै तयार हुनु पर्ने बताउनु भयो ।उहाँले जनयुद्धको पुस्ता र समाजवादि क्रान्तिको पुस्तालाई एक ठाउँमा जोडेर लैजानु अहिलेको आवश्यकता भएको बताउनु भयो ।

     यस्तै सम्मेलनको उद्घाटन सत्रमा बोल्दै पार्टीका केन्द्रिय सदस्य रमेश मल्लले,जनयुद्ध लाई यहाँ सम्म ल्याउनको लागि वाइसीएलको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।उहाँले जनयुद्ध जन आन्दोलन लगाएतका विभिन्न परिवर्तन कारी आन्दोलनहरुमा युवाहरुको अतुलनीय भुमिका रहेको बताउनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथी समेत रहनु भएका मल्लले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीको त्याग तपस्या र बलिदान बाट स्थापित भएका उपलब्धिहरुलाई उल्ट्यान खोजेको भन्दै त्यसको रक्षा गर्न सवै लागि पर्नु पर्ने बताउनु भयो ।

    वाइसीएलका केन्द्रिय महासचिव गणेश शाहीले गणतन्त्रका उपलब्धिहरुलाई संस्थागत गर्नु पर्नेमा जोड दिनु भयो।उहाँले
    केन्द्रिय नीति,प्रदेश नीति र जिल्ला नितिलाई आत्मसात गर्दै पार्टी र संगठनको शिद्वान्तलाई आत्मासाथ गर्नु पर्नेमा जोड दिनु भयो ।पार्टी भित्र केही समस्या देखिएकाले अवको पार्टी प्रती सचेत इमानदार कार्यकर्ताको पहलमा नेतृत्व लाई केन्द्रिकरण गर्नु पर्ने
    आवश्यकता रहेको बताउनु भयो ।महासचिव
    शाहिले सल्यान जिल्लाका शहीद,घाइते,व्यपता परिवारलाई सम्झदै वाइसीएलको अवको नेतृत्व समाज परिवर्तन गर्नेखालको र जनयुद्धका मुद्दाहरुलाई पुर्णरुप दिन सहयोग पुर्‍याउने खालको हुनु पर्नेमा जोड दिनु भयो ।

    पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृति बहादुर पुन ( प्रकाण्ड) ले वाइसीएलले समाजवादी क्रान्तिको लागि अतुलनीय भुमिका खेलेको बताउनु भयो ।उहाँले पार्टीको लक्ष्य समाजवादी क्रान्ति रहेकाले त्यसलाई सफल पार्न को लागि वाइसीएल लाई तयारी अवस्था रहन निर्देशन दिनु भयो ।
    महासचिव शाहिले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने पार्टीनै आज सत्ताबाट बाहिर रहदा देशमा अशान्ति भ्रस्टाचार लगाएतका बिक्रीती बढेको बताउनु भयो ।

    अर्का केन्द्रिय सदस्य भिम प्रकाश शर्माले संगठनको सुदृढ गर्ने उद्देश्यका साथ पार्टीले निर्देशन गरे अनुसार जन वर्गीय संगठनहरुको अधिवेशनहरु भै रहेको बताउनु भयो ।उहाँले पछिल्लो समयमा सरकारको रवैयाले दस बर्षिया जनयुद्ध र १९ दिने जन आन्दोलनमा शहिदरुको रगत बगाएर ल्याएको व्यवस्था लाई तिलान्जली दिन खोजेको बताउनु भयो ! पार्टीका जिल्ला संयोजक मान बहादुर मल्लले वाइसीएल युवाहरुको बलियो खम्बा भएकाले त्यसलाई संरक्षण गर्नु पार्टीको प्रमुख भुमिका भएको स्मरण गराउनु भयो ।उहाँले सफल जुझारु नेतृत्वको लागि सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भयो ,पार्टीका जिल्ला संयोजक समेत रहनुभएका मल्लले सल्यान जिल्ला माओवादी पकट यरीया भएपनी आन्तरिक समस्याका कारण निर्वाचनमा प्राजय भोग्नु परेको भन्दै त्यसको अन्त गर्नु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा वाइसीएलका केन्द्रिय सचीव हरि ढकाल, शैलेस शर्मा, पार्टीका केन्द्रीय सदस्यहरू कार्यक्रममा पार्टीका जिल्ला संयोजक मान बहादुर मल्ल संगठनका केन्द्रीय सचिव हरि ढकाल र शैलेस शर्मा, नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष राजेन्द्र भण्डारी,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य मनोज बुढा क्षेत्री, सल्यानका जिल्ला अध्यक्ष गणेश वली,नेपाल पत्रकार महासंघ सल्यानका जिल्ला अध्यक्ष डिल्ली राज रावत लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।वाइसीएलका मेघराज बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश अध्यक्ष सोभाराम भण्डारी र केन्द्रिय सदस्य प्रतिभा वलीले गर्नु भएको थियो ।

    Post Views: 164
    • #सल्यान #वाइसिएल
    प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार ०७:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.